Cricket Himalaya
Cricket News From Top of The World

मलेसिया बिरुद्ध नेपालको कठिन जित, खेलका मुख्य ४ घटनाक्रम !

भाद्र १६, क्रिकेट हिमालय

मलेसियामा जारी एसिया कप क्वालिफायर अन्तर्गत नेपालले लगातर दुई खेल ओमान र युएई सँग पराजय पश्चात् तेश्रो खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गरेको छ । मलेसियाको बायुमास ओभल मैदानमा बर्षाले खेल अवरुद्ध गरेपछी ओभर छोट्याईएको थियो ।

टस हारे फर्स्ट ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाउन सफल भएको थियो भने मध्यम देखिने लक्ष पछ्यायको आयोजक मलेसिया निर्धारित ३० ओभरनै खेल्दै ९ विकेटको क्ष्यतीमा १६९ रन मात्र बनाउन सकेपछी साघुरो १९ रनको पराजय बेहर्यो । नेपाल भर्सेस मलेसिया बिचको खेलका मुख्य घटनाक्रम जहाँ एक पछि अर्को हावी हुँदै थिए ।

१. फर्स्ट इन्निङको फर्स्ट हाल्फ मलेसियाको नाममा
टस हारेर फर्स्ट ब्याटिङ गरेको नेपाललाई सुरुमै धरापमा पारेको थियो मलेसियाले, मात्र १२.५ ओभरमा ६० रनमा ५ विकेट जादा नेपाल दयनिय बनेको थियो । मलेसियाली बलर सार्विन मुनिन्डी र स्यजरुल इजाद इद्रुस प्रभावकारी रहेका थिए ।

२. फर्स्ट इन्निङको सेकेन्ड हाल्फ नेपालको नाममा
१३ ओभर भित्र ५ विकेट गईसकेको अवस्थामा छैठौ विकेटको लागि दिपेन्द्र सिंह एरि र आरिफ सेखले ८८ बलमा १०१ रनको साझेदारी पछि नेपाल ब्युतिएको थियो । दिपेन्द्र ५१ बलमा ५४ रन बनाउदै आउट भए भने आरिफले ४८ बलमा नटआउट ६४ रनको पारी खेले ।

३. दोश्रो इन्निङको फर्स्ट हाल्फ मलेसियाको पक्षमा
मध्यम देखिने लक्ष पछ्याएको मलेसिया पहिलो १५ ओभरमा मात्र २ विकेट गुमाउदै ७५ रनको सहज अवस्थामा थियो, करिब ८ विकेट हातमा हुदा बाकी १५ ओभर ७ को रनरेटमा खेल्न सक्ने अवस्थामा नै रहेको थियो । नेपाली बलर निस्प्रभावी रहेका थिए, त्यतिन्जेल सोमपाल कामी र वसन्त रेग्मिले १/१ विकेट लिएका थिए ।

४. दोश्रो इन्निङको दोश्रो भाग जित्न सफल नेपाल
२६ ओभर सम्म ५ विकेट गुमाउदै १५० रन बनाउदा नेपाली खेमामा डर उत्पन्न भएको थियो । वसन्त रेग्मी, सन्दिप लामिछानेले निरन्तर दवाव दिदै रेगुलर इन्टर्भलमा विकेट निकालेपछी रनरेट उच्च हुँदै भएको थियो । यद्धपी मलेसियाले इन्निङ तान्न सकेन, अनुभवी सावित भए नेपाली बलर, मलेसियालाई १६९ रनमा रोक्न सफल रहे ।

कठिन परिस्थितिमा शतकिय साझेदारी सहित अर्धशतक प्रहार गर्ने नेपालका दिपेन्द्र सिंह एरि म्यान अफ द म्याच भए ।

नेपाले बाकी दुई खेल सिङ्गापुर र हङकङ सँग खेल्नेछ, दुबै खेल ठूलो रन अन्तरले जित्दै केही नतिजा फेबरमा आयमा फाइनल समेत पुग्न सक्छ । तेश्रो चरणको को खेल सकिदा ओमान शीर्ष स्थानमा रहेको छ भने सिङ्गापुर पुछारमा रहेको छ ।

तस्बिर : रमण सिवाकोटी