Cricket Himalaya
Cricket News From Top of The World

दिपेन्द्र र आरिफको अर्धशतक, मलेसियालाई १८९ रनको लक्ष !!

भाद्र १६, क्रिकेट हिमालय

मलेसियामा जारि एसिया कप क्वालिफायर अन्तर्गत आज नेपालले आफ्नो तेश्रो खेल आयोजक मलेसिया सँग खेल्दै छ । लगातार दुइ खेल ओमानयुएई सँग पराजित रहेको नेपाल जित्नै पर्ने खेलमा टस हारेर फर्स्ट ब्याटिङ गरेको थियो । बर्षले प्रभावित हुदा ३० ओभरमा सिमित गरिएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको छ । निकै नै खराब सुरुवात ग़रेको नेपालले १२.५ ओभरमा ५ विकेट गुमाउदै मात्र ६० रन बनाएको थियो, नेपालका लागि सुबास खकुरेल ९, ग़्यानेन्द्र मल्ल ११, पारस खडका १३, अनिल साह १६, वसन्त रेग्मीले ६, सोमपाल कामी र सागर पुन ० रनमा आउट भएका थिए । छैठौ विकेटको लागि आरिफ सेख र दिपेन्द्र सिह एरि बिच ठुलो १०१ रनको साझेदारि पश्चात् मात्र नेपाली इन्निङ उकासिएको थियो । आरिफ सेखले ४८ बलमा ६४ रन बनाएका थिए भने दिपेन्द्रले ५१ बलमा ५४ रन बनाएका थिए । मलेसियाका बलर स्याजरुल इजात इद्रुस्ले ३, शर्विन मुनिन्य्डिले ३ र मुहम्मद अनवर रहमानले १ विकेट लिएका थिए ।