Cricket Himalaya
Cricket News From Top of The World

बढ्यो स्तर, बद्लिएन शैली !

शिशिर भट्टराई/भाद्र १५

आजभन्दा ८ वर्ष पहिले वोर्ल्ड क्रिकेट लिग डीविजन ५ को खेल हुदै थियो नेपालको घरेलु भूमिमा। सुरुवाती ४ खेल जितेको नेपाल डिविजन ४ मा उक्लिन तयार थियो र अन्तिम खेल थियो, अमेरिकासंग। टियूको मैदान, नेपाली समर्थकबीच लगातार ५ जित सहित डिविजन ४ मा पुग्ने नेपालको सपनामा बाधक हुन खोज्दै थियो अमेरिकाको ब्याटिंग। सिंगापुरले आफ्नो खेल जित्दै ८ अंक बटुली सकेको थियो भने अमेरिका पनि नेपाललाई हराउदै ८ अंक सम्म पुग्ने तरखरमा थियो, नेपालले पहिलो ४ खेल जित्दै ८ अंक पहिले नै बटुली सकेको भएपनि नेट रनरेट मा पछि पर्ने स्थिति आउदै थियो। त्यतिकैमा एकछिन खेल रोकियो, कारण, नेपाली फ्यानले ग्राउण्डमा फालेको ढुंगा र बोत्तल। केहि समयपछि खेल सुरु भयो, केहि ओवरको खेल छोट्याएपछि सुरु भएको खेलले नेपालको हार त टार्न सकेन तर नेट रनरेटमा सिंगापुरलाई उछिन्न नेपाल सफल भयो र प्रवेश गर्यो डिविजन ५ को फाइनल र डिविजन ४ मा, अनि पार गर्यो नेपाली क्रिकेटको सफलताको पहिलो खुट्किलो।

आज ८ वर्ष पछि यस्तै भाग्य, फ्यान र चमत्कारको भर नेपाली टोलि वोडिआई मान्यतासम्म पुगिसकेको छ भने एक पटक वोर्ल्ड टि२० पनि खेलिसकेको छ। डिविजन ५ देखि ३ ओटा वोडिआइ खेल्दा सम्म धेरै पटक बिशेष जित र सफलता हात पारेपनि नेपालको खेल्ने तरिकामा भने खास परिवर्तन भएको जस्तो देखिदैन: उही बलिङ्गमा पर्ने भर, ब्याटिंगको उही पाराको असफलता, उस्तै घरेलु संरचना, उस्तै छनोट प्रणाली अनि उस्तै माइण्डसेट।

केलाऊ केहि नेपालि क्रिकेटको समस्या:

१. खै व्यवस्थित घरेलु संरचना?

कुनै समय ६ क्षेत्र बीच चल्ने घरेलु प्रतियोगितामा अहिले ८ र ९ क्षेत्र र ३ विभागीय टोलि हुदै ७ प्रदेश र ३ विभागीय टोलि सम्म त आइपुगेको छ तर व्यवस्थित र नियमित चल्ने घरेलु प्रतियोगिता अझै हुन सकेको छैन।

केहि प्राइवेट सेक्टरले गर्ने इपिएल, डिपिएल अनि पिपिएल जस्ता प्रतियोगिताले केहि थप खेलाडीलाई अगाडी ल्याएको भएपनि लामो फ़रम्याटको खेल नहुदा खेल्ने स्तरमा वृद्धि भएको छैन।

अझ क्षेत्र, प्रदेश र जिल्लाको स्थिति कति सम्म दयनिय छ भन्ने कुरा वर्षमा एक चोटी हुने रास्ट्रीय प्रतियोगितामा रास्ट्रीय टोलिका खेलाडीले भरिएको विभागीय टोलिको दबदबाले पुस्टि गर्छ।

२. भौतिक पूर्वाधार जस्ता का त्यस्तै

नेपालमा डिविजन ५ प्रतियोगिता हुदा सबै खेल क्रितिपुरको टियु मैदान, पुल्चोकको इन्जिनियरिंग मैदान र भक्तपुरको सैनिक आवासीय मैदानमा भएको थियो भने आज पनी भौतिक पूर्वाधारको रुपमा त्यहि टियु मैदान र कहिलेकसो पुल्चोक मैदानबाहेक उपत्यकामा अर्को मैदान छैन। मोफसलको स्थिति झन् दयनिय नै छ। दसकौ पुरानो महत्वाकांक्षी मुलपानीको क्रिकेट स्टेडियम एकादेशको कहानी जस्तै छ।

३. ब्याटिंग: पुरानै शैली, पुरानै पारा

नेपाली क्रिकेटको ब्याटिंग शैली अझै डिविजन ५ को जस्तै छ। उस्तै नहोस् पनि कसरि, खेल्ने सिनिएर खेलाडी उनै छन् अनि नया आउने खेलाडीलाई सिकाउने नि उनै छन्। नया खेलाडीलै नया शैलीमा सिकाउने कोहि छैन। आधुनिक युगमा खास गरि एक दिवसिय क्रिकेटमा रन निकाल्ने तरिका भनेको स्ट्राइक रोटेसन हो। तर एक्कादुक्का नया खेलाडीबाहेक कसैले यो तरिकाले खेल्न सक्छन जस्तो नि लाग्दैन। डट खेल्यो खेल्यो, प्रेसरमा आयो अनि ठुलो शट हान्न खोज्यो अनि आउट। केहि नया खेलाडीले सुरु सुरुमा सिंगल डबलमा रन चोरे जस्तो गरे पनि टिम मा खेल्दै जादा पुरानै हावामा बगेको जस्तो लाग्छ।

आवश्यकता छ अन्तरराष्ट्रिय स्तरको दिर्घकालिन ब्याटिंग प्रशिक्षक अनि खेलाडीलाई बैदेशिक प्रशिक्षणको

४. पेस बलिङ्ग: बिनोद र महबुबपछिको पुस्ता भएन त्यति प्रभावशाली

नेपालको पेस अट्याक कुनै समय एसोसियट लेवलकै राम्रो मध्ये मानिन्थ्यो, जसको नायक थिए, बिनोद दास र महबुब आलम। इन्जुरी अनि फर्म खस्किएर बाहिर भएका महबुब आलम र इन्जुरीपछि सन्यास लिएका बिनोद दास पछिको फास्ट बलिङ्गको कमान सम्हालिरहेका छन् गुल्मी एक्शप्रेस सोमपाल कामिले। बीचबीचमा दिने एक्का दुक्का राम्रो प्रदर्शनबाहेक निरन्तरताका साथ उनले उत्कृस्ट प्रदर्शन गर्न सकेको जस्तो देखिदैन। अझ ठुलो समस्या छ, उनको जोडिदारको, इन्जुरी अनि प्रदर्शनको कारण म्युजिकल चियरजस्तो घुमिरहने उनको अहिलेको जोडिदार हुन्, करण केसी। नेपालले वोडिआइ मान्यता पाउनुमा एउटा ठुलो श्रेय जान्छ उनलाई, तर त्यो श्रेयको कारण उनको बलिङ्ग नभएर ब्याटिंग हो। उनि केहि समयदेखि टिममा परिरहेको भएपनि ब्याटिंगमा लोवर अर्डरमा फिनिशिंग गर्नु बाहेक बलिङ्गमा त्यस्तो सम्झन लायक प्रदर्शन उनको हुन सकेको छैन तर ब्याटिंग अर्डरको लगातारको असफलतामा पावर हिटिङ्गको भरमा उनि टिममा अटाएको जस्तो देखिन्छ।

बलरलाइ बलिङ्ग मै ध्यान दिन लगाऔ। बलरको छनोट बलिङ्गको कारण होस्, ब्याटिंग होइन।

५. स्पिन बलिङ्ग: सबैभन्दा सबल पक्ष तर छैन खास स्तरोन्नति

नेपालको स्पिन अट्याक टोलिको सबैभन्दा सबल पक्ष हो र स्पिन कै भरमा नेपालले धेरै म्याच जितेको पनि छ। तर खेलको तह बढे संगै खेलाडीको स्तरमा खास वृद्धि भएको जस्तो देखिदैन। डिविजन ५ ताकाको जस्तै छ, बलिङ्ग अट्याक। हुन त अहिले विभिन्न बिदेशी लिग खेलिरहेका सन्दीप लामिछानेले खेलको स्तर केहि हद सम्म बढाएपनि राम्रो ब्याटिंग बिरुद्ध समयसमयमा खस्किएको जस्तो देखिन्छ।

६. ट्रेनिङ्ग, कोचिङ्ग अनि छनोट प्रणाली: परम्परागत

एउटा कोचले खेल्ने शैली र खेलाडीको सोचमा कति फरक पार्न सक्छ भन्ने कुरा पुबुदु दासानायाकेको कार्यकालले देखाउछ। परम्परागत शैलीका प्रशिक्षक रोय लुक डायसको बहिर्गमनपछि आएका पुबुदुले नेपाली क्रिकेटको खेल्ने शैली र खेलाडीको सोचमा ल्याएको परिवर्तन र केहि चमत्कारको भरमा वोडिआइ मान्यतासम्म त पुगेको छौ तर यो स्तरमा रहिरहन दिर्घकालिन अन्तररास्ट्रीय प्रशिक्षकको अझै पनि टिममा अभाव छ।

टिम सेलेक्सनको तरिका पनि उस्तै छ, जस्तो दशक पहिले थियो। एक हफ्ताको रास्ट्रीय प्रतियोगिता, उमेर समूहको प्रदर्शन र अहिले थपिएका टि२० लिगको प्रदर्शन कै आधारमा छानिने खेलाडी र नेटको प्रदर्शनको आधारमा हुने छनोट अझै पनि छ। बेलाबेलामा हुने यु-१६ र यु-१९ को अन्तररास्ट्रीय खेल (उमेर समूहमा त घरेलु प्रतियोगिता त हुन नै छोडेको छ अहिले), प्राइवेट लिग र एक हफ्ते प्रतियोगिताले कहिलेसम्म अन्तररास्ट्रीय खेलाडी आइरहलान, सोच्न पनि गारो छ।

यी सबै समस्याका बीच टिम यहासम्म पुगेको छ, आसा गरौ क्रिकेट संघको बिबाद चाडै सकियोस अनि सबै कमि कमजोरीलाई हटाउदै अगाडी बढोस नेपाली क्रिकेट।