Cricket Himalaya
Cricket News From Top of The World

समस्याको चाङमा पिल्सिएको समर्थक र खेलाडीको चाहना !

राज कुमार खत्री || भदौ १५

अहिले क्रिकेट मार्फत संसार भर नेपालको नाम गुन्जियको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को सदस्यता प्राप्त गरे देखि अहिले सम्म नेपाली क्रिकेटमा धेरै उतारचढाव भए। टि ट्वान्टी बिश्वकप हुदै एकदिवसीय मान्यता सम्म जस्ता थुप्रै सफलताहरु प्राप्त गर्यौ।

सफलताको साथ साथ नेपाली क्रिकेटका जिम्मेवार व्यक्तिहरुले नेपाल क्रिकेट संघमा प्रसासनिक अकर्मण्यता र आर्थिक बिचलन भित्र्यायका कारण CAN बिगत २ बर्ष देखि ICC बाट निलम्बनमा परेको छ।

आन्तरिक खिचातानी र असमझदारीले गर्दा प्राप्त भएको निलम्बनले अहिलेसम्म ठूलो घाटा नेपाली क्रिकेटले बेहोरेको छ। खेलाडीको तलब देखि लिएर एकदिवसीय सिरिज खेल्ने अवसर पाएको छैन।

नेपाली क्रीकेटको प्रशासनिक निकाय CAN निलम्बन मा छ, सरकार द्वारा नया स्टेडियम बनाउने कुरा कुरा मै सिमित, मुल फुटेर आउने मुलपानीको अवस्था गम्भीर छ, खेल मन्त्री भैंसी गोठ सजाएर हिड्दै ठिक्क, CAN सस्पेन्स्ड गराउनेहरु अझै चेतेका छैनन, नेत्रहीन क्रीकेटर माथि गरेको व्यबहारबाटै राखेपको व्यबहार प्रष्ट हुन्छ, टोलि छनोटमा सेलेक्टर को इच्छा, महिनौ अगाडिको प्रदर्शनमा टोलि घोषणा गर्ने प्रचलन, टोलिमा टेक्निकल मान्छे कम बिदेश भम्रणको मान्छे लियेर जाने प्रवृत्ति, स्थानीय क्षेत्रबाट उत्कृष्ट प्रतिभा निस्के पनि अनुभव लाई प्राथमिकता दिने प्रणाली, स्पोन्सरको कमि यस्ता थुप्रै समस्याले चल्दैछ नेपाली क्रीकेट।

यस्ता थुप्रै समस्या संग लड्दै अहिले नेपाली क्रिकेटलाई खेलाडीहरुले अगाडि बढाउदैछन। हरेक खेलाडी र सम्पुर्ण समर्थकहरुको चहाना हो नेपालले एकदिवसीय बिश्वकप र ५ दिने टेस्ट म्याच खेलोस।
CAN को निलम्बन चाडै फुकुवा हुदै भएका सबै समस्याहरु आफै समाधान तर्फ लागोस।