Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप क्वालिफायरमा नेपालको लगातार दोश्रो पराजय !

भाद्र १४, क्रिकेट हिमालय

मलेसियामा जारी एसिया कप क्वालिफायर अन्तर्गत पहिलो खेल ओमान सँग ७ विकेटले हारेको नेपालले आज दोश्रो खेल पनि युएई सँग ७८ रनले पराजित भएको छ । ओडीआई स्टाटस मान्यता प्राप्त खेलमा टस जित्दै नेपालले फर्स्ट फिल्डिङ रोजेको थियो । फर्स्ट ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै कुल २५४ रन बनाएको थियो भने नेपालले अल आउट हुँदै ४८.५ ओभरमा मात्र १७६ रन बनाएको थियो । [स्कोरकार्ड]

हाईलाईट्स

१. टस जित्दै नेपालले फर्स्ट फिल्डिङ रोजेको थियो ।
२. युएईले आक्रमक सुरुवात गर्यो, १२.१ ओभरमा ७० रन बनाउदा वसन्त रेग्मिको बलमा पहिलो विकेट गुमाएको थियो ।
३. सन्दिप लामिछानेले कुल ७१ रन हुदा रोहन मुस्तफालाई आउट गरेपछी केही दवावमा आएको थियो ।
४. तेश्रो विकेटले ६६ रनको पार्टनरसिप गर्दै कुल स्कोर १३७ रन पुर्याएको थियो । त्यसपछी स-सानो पार्टनरसिप बिच नियमित रुपमा विकेट गुमाउदै गएको थियो ।
५. नेपालका सन्दिप लामिछानेले कुल ४ विकेट लिएका थिए ।
६. युएई का लागि अस्फाक अहमद ४५, चिराज सुरी ६५, रमीज सहजाद ३५, अदनान मुफ्तीले नटआउट ५४ रनको उच्च योगदान दिएका थिए ।
७. नेपाली बलर सन्दिप लामिछानेले ४, वसन्त रेग्मिले २, सोमपाल कामिले २ विकेट लिएका थिए ।
८. नेपालले फर्स्ट विकेट ज्ञानेन्द्र मल्लको रुपमा पहिलो ओभरमा नै गुमाएको थियो, आक्रमक सुरुवात गर्न खोजेका पारस खडका १६ रन बनाउदै दोश्रो विकेटको रुपमा आउट भएका थिए । सागर पुन पनि सस्तैमा आउट भएपछी नेपालको अवस्था ४३ रनमा ३ विकेटमा पुगेको थियो ।
९. चौथो विकेटको लागि सुबास खकुरेल र दिपेन्द्र सिंह एरि बिच ५८ रनको साझेदारी भएको थियो ।
१०. सुबास खकुरेल ९७ बलमा ५० रन बनाउदै आउट भएका थिए ।
११. आरिफ सेख ३, करण के सि ०, रोहित पौडेल ९, सोमपाल कामी २७*, वसन्त रेग्मी १२ रनमा आउट हुँदै गएपछी नेपाल विशाल रनले पराजित हुन पुग्यो ।
१२. युएई का बलर मोहम्मद नावेदले ३, अमिर हयातले २ र अहमद रजाले ४ विकेट लिएका थिए ।