Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेस युएई : सन्दिपको ४ विकेट, नेपाललाई २५५ को लक्ष्य !

भाद्र १४, क्रिकेट हिमालय

मलेसियामा जारी एसिया कप क्वालिफायर अन्तर्गत पहिलो खेल ओमान सँग हारेको नेपालले आज दोश्रो खेल युएई सँग खेल्दैछ । ओडीआई स्टाटस मान्यता प्राप्त खेलमा टस जित्दै नेपालले फर्स्ट फिल्डिङ रोजेको थियो । फर्स्ट ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै कुल २५४ रन बनाएको छ ।

हाइलाइट्स

१. टस जित्दै नेपालले फर्स्ट फिल्डिङ रोजेको थियो ।
२. युएईले आक्रमक सुरुवात गर्यो, १२.१ ओभरमा ७० रन बनाउदा वसन्त रेग्मिको बलमा पहिलो विकेट गुमाएको थियो ।
३. सन्दिप लामिछानेले कुल ७१ रन हुदा रोहन मुस्तफालाई आउट गरेपछी केही दवावमा आएको थियो ।
४. तेश्रो विकेटले ६६ रनको पार्टनरसिप गर्दै कुल स्कोर १३७ रन पुर्याएको थियो । त्यसपछी स-सानो पार्टनरसिप बिच नियमित रुपमा विकेट गुमाउदै गएको थियो ।
५. नेपालका सन्दिप लामिछानेले कुल ४ विकेट लिएका थिए ।
६. युएई का लागि अस्फाक अहमद ४५, चिराज सुरी ६५, रमीज सहजाद ३५, अदनान मुफ्तीले नटआउट ५४ रनको उच्च योगदान दिएका थिए ।
७. नेपाली बलर सन्दिप लामिछानेले ४, वसन्त रेग्मिले २, सोमपाल कामिले २ विकेट लिएका थिए ।