Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप क्वालिफायर : ओमान सँग नेपाल ७ विकेटले पराजित !

भाद्र १३, क्रिकेट हिमालय

मलेसियामा आजबाट सुरु भएको एसिया कप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा ओमान सँग नेपाल ७ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रन बनाएको थियो, ओमानले मात्र ३ विकेट गुमाउदै ४८ औ ओभरमा लक्ष पूरा गर्‍यो । [स्कोरकार्ड]

हाइलाइट्स

१. टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दिएको थियो ।
२. ८.१ ओभरमा ३१ रन हुदा पहिलो विकेटको रुपमा सुबास खकुरेल १५ बलमा ४ रन बनाउदै रनआउट भएका थिए ।
३. दोश्रो विकेटको लागि कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्ल बिच २५ रनको साझेदारि भएको थियो । दोश्रो विकेट ५६ रनमा जादा पारस २४ बलमा ८ रन बनाएर आउट भएका थिए ।
४. तेश्रो विकेट ५८ रनमा जादा राष्ट्रिय उप-कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन बनाउदै आउट भएका थिए ।
५. ८० रनमा चौथो विकेटको रुपमा १६ बलमा ९ रन बनाउदै दिपेन्द्र सिंह एरि आउट भएका थिए ।

ओमानका बिलाल खान, मोहम्मद नदिम र ए लालचिताको नाममा २/२ विकेट रहेको छ !

६.आरिफ सेख र सागर पुनको बिच २१.३ ओभरमा पाचौ विकेटको लागि ९२ रनको साझेदारी, आरिफ ७४ बलमा ३६ रन बनाएर आउट
७. रोहित पौडेलले ४ बलमा ० रन, सोमपाल कामिले १३ बलमा ५ रन, वसन्त रेग्मी ० रन, करण के सि ले बिस्फोटक १० बलमा २६ रन बनाएका थिए ।
८. सागर पुनले ६ चौका र ३ छक्काको सहयोगमा उत्कृष्ट ८४ बलमा ८३ रन बनाएका थिए ।
१०. नेपालले कुल १६ चौका र ६ छक्का प्रहार गरेको थियो ।

ओमानका अकिब इल्यासले १६, जतिन्दर सिंहले ३०, भैभव श्रीधरले ४० रन बनाएका थिए । भने खावर अलि र जेसन मकसुदले क्र म स ८४ र ४५ नटआउट रन बनाएका थिए ।

११. नेपालको लागि एक मात्र विकेट कप्तान पारस खडकाले लिएका थिए भने दुई विकेट रन आउटको रुपमा पाएको थियो ।