Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेज ओमान : सागर पुनको अर्धशतक !

भाद्र १३, क्रिकेट हिमालय

मलेसियामा आजबाट सुरु भएको एसिया कप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र ओमान एक आपसमा भिडदै छन । नेपालले ३९.२ ओभरमा ४ विकेट गुमाउदै १२८ रन बनाएको छ ।

हाइलाइट्स

१. टस ओमानले जित्दै नेपाललाइ फर्स्ट ब्याटिङको निम्तो दिएको थियो ।
२. ८.१ ओभरमा ३१ रन हुदा पहिलो विकेटको रुपमा सुबास खकुरेल १५ बलमा ४ रन बनाउदै रनआउट भएका थिए ।
३. दोश्रो विकेटको लागि कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्ल बिच २५ रनको साझेदारि भएको थियो । दोश्रो विकेट ५६ रनमा जादा पारस २४ बलमा ८ रन बनाएर आउट भएका थिए ।
४. तेश्रो विकेट ५८ रनमा जादा राष्ट्रिय उप-कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन बनाउदै आउट भएका थिए ।
५. ८० रनमा चौथो विकेटको रुपमा १६ बलमा ९ रन बनाउदै दिपेन्द्र सिंह एरि आउट भएका थिए ।

ओमानका बिलाल खान, मोहम्मद नदिम र ए लालचिताको नाममा १/१ विकेट रहेको छ !

६. आरिफ सेख र सागर पुनको बिच १६.४ ओभरमा ५० रनको साझेदारी पूरा, सागरले ब्यक्तिगत अर्धशतक पूरा गरेका छन ।