Cricket Himalaya
Cricket News From Top of The World

काठमाडौमा जारी यु-१९ छनोट क्याम्प १२ तस्बिरमा !!

भाद्र १२, क्रिकेट हिमालय/किर्तिपुर

भारतमा अर्को महिना हुने भारत, अफ्घानिस्तान यु-१९ सँग हुँदै गरेको सिरिजको लागि काठमाडौमा अहिले यु-१९ को छनोट क्याम्प चलिरहेको छ । सुरुमा काठमान्डौको भेलोसिटी एरिनामा सुरु गरिएको ओपन ट्रायल जहाँ करिब १ हजार प्रतिस्पर्धि रहेका थिए, विभिन्न चरण गरि अहिले उक्त सन्ख्या २२ मा झारिएको छ, अझै एक हप्ता चल्ने छनोट क्याम्प अन्तर्गत आज टियु मैदानमा मुल ट्रेनिङ बर्षाले प्रभावित रहेपछी इन्डोर हलमा सिमित भएको थियो, केही तस्बिर क्रिकेट हिमालय प्रतिनिधि मार्फत