Cricket Himalaya
Cricket News From Top of The World

काठमाडौं किङ्गसबाट अर्का बिदेशी खेलाडी जिम्बावेका सिकन्दर

भाद्र १२, क्रिकेट हिमालय

एभरेष्ट प्रिमियर लिगमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौं किङ्गसले टिममा अनुबन्ध गरेको छ । ट्वान्टी ट्वान्टी फरमेटको एभरेष्ट प्रिमियर लिगमा यसअघि सार्वजनिक गरेका बिदेशी खेलाडीहरुमा आयरल्याण्डका अलराउण्डर केभिन ओब्रायनयुएईका कप्तान रोहन मुस्तफा रहेका थिए । काठमाडौं किङ्गसले अलराउण्डर राजालाई मङ्गलबार आफ्नो बिदेशी खेलाडीको रुपमा सार्वजनिक गरेको हो । इपिएलमा ३ जना विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौले आफ्नो टिममा राजा सँगै बिदेशी खेलाडिको कोटा पुरा गरेको छ । किङ्गसपछि आफ्ना बिदेशी खेलाडीहरु सार्वजनिक गर्नेमा चितवन टाइगर्स रहेको छ । सोमबार टाइगर्सले आफ्ना दुई बिदेशी खेलाडीको रुपमा पुर्व इङ्गल्याण्ड अण्डर १९ कप्तान म्याक्स होल्डेन र अर्का इङ्गिलस काउन्टी खेलाडी जेम्स फुलर लाई अनुबन्ध गरेको छ ।

जिम्बावेका सिकन्दर राजा :

अलराउण्डर सिकन्दर राजाले जिम्बावेका लागि २८ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय, १० टेस्ट र ८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । घरमा भएको विश्वकप छनोटमा “म्यान अफ द सिरीज” बनेका सिकन्दरले ३१९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए । टेष्टमा ७६२ र एकदिवसियमा २३८१ रन बनाएका छन । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक हिर्काएका छन । सिकन्दरले जिम्बावेबाट टेष्टमा १३, एकदिवसिय ५० र टी–२० मा ९ विकेट लिएका छन ।

इपिएलमा सहभागीता टिम :

बिराटनगर वारियर्स,
काठमाडौं किङ्गस एघार,
भैरहवा ग्लाडिएटर्स,
चितवन टाइगर्स,
ललितपुर पेट्रियट्स र
पोखरा राइनोज रहेका छन् ।