Cricket Himalaya
Cricket News From Top of The World

आईसीसी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै

भाद्र १२, क्रिकेट हिमालय | मोहन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अगस्ट २५ मा मिडियामा सार्वजनिक गर्दै भनेको छ कि २०१९ मा बेलायतमा हुने आईसीसी विश्वकप क्रिकेट को बिजेताले पाउने क्रिकेट ट्रफीले विश्वका केही देशको यात्रा गर्नेछ । आईसीसी ले सुरु गरेको यो इभेन्टमा प्रतियोगितामा सहभागीहुने देशहरु लगायत अन्य थुप्रै एसोसिएट देश को यात्रा गर्नेछ । आईसीसीको दुबई स्थित मुख्य कार्यालय बाट २७ अगस्त २०१८ बाट सुरु भएको जर्नी १४ जुलाई २०१९ मा लर्ड्समा गएर सकिने छ । ९ महिना लाग्ने लामो यात्रामा विश्वकप ट्रफी ५ महादेश २१ देश र विश्वका ६० भन्दा बढी मुख्य सहरमा लगिनेछ । यो विश्वकप ट्रफी सम्पूर्ण स्थान पुराउने काम मोटर कम्पनी निसानले गर्ने भएको छ । आईसीसी नेपालमा क्रिकेट लोकप्रियता र फ्यानको मध्यनजर गर्दै नौ महिना यात्रा गर्ने क्रममा यो ट्रफि २७-२९ अक्टोबर २०१८ राजधानी काठामान्डौमा आउनेछ । यो नेपालमा पहिलो पटक ल्याउन लागेको हो ।

[Pic:@ICC web]

विश्वका ६० भन्दा बढी मुख्य सहरमा घुम्ने क्रममा बिस्वकप ट्रफी स्कुल, विश्वविद्यालय, सार्बजनिक स्थल महत्वपूर्ण सहर लागायत विभिन्न स्थल मा राखिने छ । जस्ले गर्दा क्रिकेट फ्यान हरुले फोटो खिच्न पनि पाउनेछन जस्ले ग्लोबल क्रिकेट सँग फ्यान को सम्बन्ध नजिक नियाल्न सहयोग पुग्ने आईसीसीले बताएको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले भनेका छन कि “विश्वका विभिन्न देश र सहर यात्रामा रहने यो ट्रफी सँग विश्वभरी क्रिकेट फ्यान हरुलाई निकै राम्रो अबसर आएको छ जस्ले गर्दा यो यात्राको अबसरमा फ्यान लाई खुसी दिनेछ तेसैले आईसीसी ले यसलाई एउटा स्पोर्ट्स इभेन्ट को रुपमा लिएका छ”

आईसीसी विश्वकप टुर्नामेण्ट डाइरेक्टर स्टिभ इल्वोर्थ ले भनेका छन “विश्वकप क्रिकेट दिन प्रती दिन नजिकिदै जादा यो यात्रामा सबै फ्यानहरु निकै रमाइलो पल बिताउने छन साथै यो अबसर विश्वकप क्रिकेट खेल्ने देश हरु साथै उदयमान क्रिकेटका देश हरुका फ्यानहरुले यो ठुलो असबर सदुपयोग गर्नेछन”