Cricket Himalaya
Cricket News From Top of The World

श्रीलंकामा नेपालको लगातार तेस्रो जित

भाद्र १०, क्रिकेट हिमालय

नेपालले श्रीलंकामा तेस्रो तथा अन्तिम अभ्यास खेल कोल्ट्स क्रिकेट क्लब बिरुद्द ५ विकेटले जित हात पारेको छ । नेपालको जितमा पारस ५८ (५५) र दीपेन्द्र ५२ (५३) ले अर्ध शतक को पारी खेले । सेप्टेम्बर २९ बाट मलेसियामा सुरु हुने एसिसी एसिया कपको तयारीमा अहिले नेपाली टिम श्रीलंकामा छ । श्रीलंकामा नेपालको यो जित लगातार तेस्रो जित हो । यसअघि नेपालले २ ओटै अभ्यास खेलमा जित हात पारेको थियो । बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो भने आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

कोल्ट्स क्रिकेट मैदानमा टस जित्दै ब्याटिंग गरेको घरेलु टोली कोल्ट्सले नेपाललाई जितका लागि २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोल्ट्स क्रिकेट मैदानमा पहिले ब्याटिंग गरेको घरेलु टिम ईनिङको १ बल बाँकी छदै सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । कोल्ट्सको लागि हसन् हेवानायाकेले सर्वाधिक ५९ रन, अयाना सिरिवर्दनाले ३६ तथा मदुरा लक्मलले व्यक्तिगत ३१ रन बनाए । बलिङ तर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सागर पुन र करन केसीको नाममा समान २/२ विकेट रह्यो भने ललित राजबंशीले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको नेपालले सुबाश खकुरेल ब्याक्तिगत २२ (२३) रनमा पहिलो विकेट गुमायो । नेपालको जितमा कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे । कप्तान खड्काले ५८ र ऐरीले ५२ रनको योगदान दिए । त्यस्तै उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । आरिफ सेखले २३ रनको योगदान दिए । दोस्रो अभ्यास खेलमा ९२ रन जोडेका पुन पुन आज ५ रनमै आउट भए । शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो ।

एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपालयुएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ । हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।

खेलको स्कोर कार्ड :

This slideshow requires JavaScript.

कार्ड : रमन सिवाकोटिको सहयोगमा