Cricket Himalaya
Cricket News From Top of The World

श्रीलंका भ्रमणमा नेपालले आज तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दै

भाद्र १०, क्रिकेट हिमालय

नेपालले आज श्रीलंका अभ्यास भ्रमण अन्तर्गत अन्तिम तथा तेस्रो अभ्यास खेल कोल्ट्स क्रिकेट क्लबसँग खेल्दैछ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग नेपाली समय बिहान १०:१५ बजे कोल्ट्स क्रिकेट मैदानमा खेल्दैछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो । आजको खेलपछि टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ । हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।