Cricket Himalaya
Cricket News From Top of The World

नेपाल डिएल मेथडमा १७६ रनले बिजयी, सागर र दिपेन्द्र को उत्कृष्ट प्रदर्शन

भाद्र ८, क्रिकेट हिमालय | मोहन ज्ञवाली

सेप्टेम्बर २९ बाट मलेसिया मा सुरु हुँदै गरेको एसिसी एसिया कपको तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड सँग १७६ रन ले बिजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाली टिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३२३ रन को विशाल योगफल तयार गर्यो । सुबास खकुरेल र अनिल कुमार साह ले ओपनिङमा खासौ चल्न नसक्दा नेपालको ओपनिङ मा पुरानै कथा दोहोरियो । अनिल कुमार साह १७ रन मा आउट हुदा खकुरेल मात्रै ९ रन मा आउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान लामो समय मैदानमा टिक्न सकेनन पारस खड्का पनि २३ रन को मध्यम स्कोर मा आउट हुन पुग्दा रोहित पौडेल पनि केही सामान्य प्रर्दशन गर्दै ११ रन मा आउट हुदा ८४ रन मा नेपाल को महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रिजमा आएका सागर पुन र दिपेन्द्र ऐरि उत्कृष्ट पारी खेल्दै टिम लाई केही बलियो स्थिति पुराउदा सागर र दिपेन्द्रले १८५ रनको साझेदारी गरेका थिए । सागर पुन ९२ रनमा आउट हुदा शतक बनाउन मात्रै ८ रन ले चुक्न पुगे । दिपेन्द्र सिंह ऐरि राम्रो प्रदर्शन गर्दै अन्तिम बल बाकी छदै गर्दा १२१ रनमा आउट हुन पुगे । अन्तिम तिर आएका करन के सि पनि राम्रो इन्निङ खेल्दै २६ रनमा आउट हुन पुग्दा नेपालले ८ विकेट को नोक्सानीमा ३२३ रनको बिजयी लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ सुरु गरेको ब्लुमफिल्ड क्रिकेट क्लब ३८ ओभरमा १३४ रन बनाई ९ विकेट जादा मौसममा खराबी आएपछी नेपाल डिएल मेथडमा १७६ रन ले बिजयी भएको हो । नेपालको जितमा सागर पुन ले ३, ललित भण्डारिले २, पारस, वसन्त र ललित राजवंशी ले समान १/१ विकेट लिए । नेपालले आगामी अगष्ट २६ मा कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

स्कोर कार्ड :

This slideshow requires JavaScript.

कार्ड : रमन सिवाकोटीको सहयोगमा