Cricket Himalaya
Cricket News From Top of The World

दोस्रो अभ्यास खेलमा ब्लुमफिल्डलाई नेपालको ३२४ रनको लक्ष्य

भाद्र ८, क्रिकेट हिमालय

नेपालले आज श्रीलंका अभ्यास भ्रमण अन्तर्गत दोस्रो अभ्यास खेल ब्लुमफिल्ड क्रिकेट क्लबलाई ३२४ रनको लक्ष्य दिएको छ । ब्लुमफिल्ड क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३२३ रन बनाएको होे । नेपालको इनिङसमा सागर पुन ९२ र दिपेन्द्र सिहं ऐरीले १२१ रनको विस्फोटक पारी खेलेपछि नेपालले ३२४ रनको लक्ष्य दिएको हो । त्यस्तै अन्य खेलाडीमा करन केसीले २६ रन बनाए भने कप्तान पारस खड्काले २३ रन बनाए । ओपनिङ ब्याट्सम्यान अनिल कुमार शाहले १७ र रोहित कुमार पौडेलले ११ रन बनाएका थिए । त्यस्तै, बलिङमा ब्लुमफिल्डका लागि सनोज दर्शिकले ३ विकेट लिए भने लाहिरु सञ्जय फर्नान्डोले २ विकेट लिएका थिए ।

नेपालको ब्याटिङ कार्ड :कार्ड : रमन सिवाकोटिको सहयोगमा