Cricket Himalaya
Cricket News From Top of The World

श्रीलंका भ्रमणमा नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

भाद्र ८, क्रिकेट हिमालय

नेपालले आज श्रीलंका अभ्यास भ्रमण अन्तर्गत दोस्रो अभ्यास खेल ब्लुमफिल्ड क्रिकेट क्लबसँग खेल्दैछ । पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी क्रिकेट क्लब लाई ६७ रनले पराजित गरेको थियो । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाल श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा रहदा तीन अभ्यास खेल खेल्ने छ । नेपालले आगामी अगष्ट २६ मा कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । आज ब्लुमफिल्ड मैदानमा हुने ५० ओभरको खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेदेखि सुरु हुनेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागि हुन पाउनेछ ।

एसिया कप छनोट …. पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।