Cricket Himalaya
Cricket News From Top of The World

दक्षिण अफ्रीकामा हुने आईसीसी यु-१९ विश्वकप २०२० को क्वालीफायर यस्तो हुने

भदौ ७, बुटवल | मोहन ज्ञवाली

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२० मा दक्षिण अफ्रीकामा हुने आईसीसी यु-१९ विश्वकप २०२० को जर्नी सुरु गरेको छ ।
क्वालीफायर यस्तो हुनेछ :

१. कुल ५० टिम ५ क्षेत्रीय छनोट खेल्नेछन ।
२. क्षेत्रीय छनोट एसिया, अफ्रीका र युरोप मा दुईवटा डिभिजन क्वालीफायर खेल हुनेछन भने अमेरिकी र ईस्ट एसिया प्यासिफिक क्षेत्रमा एउटा डिभिजन क्वालीफायर हुनेछ ।
३. एसिया, अफ्रीका र युरोपको क्वालीफायर भने डिभिजन २ को बिजेता (२ टिमले) हरुले डिभिजन १ को टिम सँग खेल्नेछन ।
४. सबै छनोट खेल हरु २०१९ भित्र नै सकिने छन ।
५. सबै क्षेत्रीय छनोटका बिजेता हरुले २०२० को विश्वकपमा स्थान बनाउनेछन ।

नोट : नेपाल एसियाको डिभिजन १ मा छ तेसैले डिभिजन २ खेल्न पर्दैन । नेपाल डिभिजन १ को बिजेता भएमा सिधै विश्वकपमा छनोट हुनेछ ।

नेपाल को समुहमा नेपाल, संयुक्त अरब ईमिरेट्स (युएई), मलेसिया, सिङ्गपुर र बाँकी डिभिजन २ का बिजेता 2 टिम गरि ६ टिमले डिभिजन १ खेल्नेछन । एसियाको डिभिजन १ को खेल कहाँ र कैले हुने अझै आईसीसी ले सुचना निकालेको छैन भने डिभिजन २ डिसेम्बरमा ९ देखी १७ सम्म थाइल्यान्डमा हुनेछ । थाइल्यान्डमा हुने खेलमा बहराईन, भुटान, चिन, हङकङ, कुवेत, मालदिभ्स, ओमान, कतार, साउदी अरब र आयोजक राष्ट्र थाइल्यान्ड छन ।