Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रिमियर लिग (टिपिएल-२) को क्रिकेट क्लब र टिम मालिक सार्बजनिक !

मोहन ज्ञवाली / क्रीकेट हिमालय

भदौ ६ बुटवल

तिलोत्तमा क्रीकेट बिकास समितिले दोस्रो संस्करणको “तिलोत्तमा प्रीमियर लिग( टि पि एल ) खेल्ने टिम र टिम मालिकहरु आज सार्बजैनिक गरेको छ ।

प्रतियोगितामा कुल आठ क्रीकेट टिम सहभागी हुनेछ्न जसमा नुसि वारियर्स, ज्ञानोदय गोल्ड , रोयल शंकरनगर , लुम्बिनी कसाइ ग्यालिडिटर्स , NSCA टाइगर , रोयल च्यालेन्जर्स भैरहवा, मणिग्राम किङ र बुटवल क्रीकेटर्स सहभागी हुनेछन ।

कुल २६० खेलाडीलाई अक्सनमा राखी टिम छनोट गरिनेछ। अक्सन भदौ ३० गते सनिवार हुनेछ । यो सस्करणको टि पि एल मा हरेक क्लबले एक जना मार्की प्लयेर्स र एक एक जना अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउनेछ।

तिलोत्तमा क्रीकेट बिकास समितीले टि पि एल २ को प्राबिधिक इन्चार्ज रामचन्द्र पाण्डे र अच्युतराजलाइ नियुक्त गरेको छ ।

आज सम्पन्न पत्रकार सम्मेलनमा क्रीकेट बिकास समितीले आफ्नो नया बेबसाइट www.tilottamacricket.com लन्च गरियेको जानकारी दियेको थियो !

कार्तिक २६ बाट सुरु हुने टि पि एल २का सम्पुर्ण खेलहरु नवजीवन खेल मैदानमा हुनेछ।

टि पि एल २ का टिम र टिम मालिकहरु

१. नुसि वारियर्स – सान्ता सापकोटा
२. ज्ञानोदय गोल्ड्स – उमेश गैरे
३. रोयल शंकरनगर – शंकरनगर क्रीकेट क्लब
४. लुम्बिनी कसाइ ग्लाडियटर्स – रन्जित कुवर
५ NSCA टाइगर – सुरज उप्रेती
६ रोयल च्यालेन्जर भैरहवा – बिजय कर्ण र भिम भन्डारी
७ मणिग्राम किङ – मदन भुसाल र अर्जुन मल्ल
८ बुटवल क्रीकेटर्स – निराज प्रताव खाड