Cricket Himalaya
Cricket News From Top of The World

श्रीलंका भ्रमणमा नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

भाद्र ६, क्रिकेट हिमालय

नेपालले आज श्रीलंका अभ्यास भ्रमण अन्तर्गत पहिलो अभ्यास खेल आर्मी क्रिकेट क्लबसँग खेल्दैछ । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाल श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा रहदा तीन अभ्यास खेल खेल्ने छ । नेपालले आगामी अगष्ट २४ मा ब्लुमफिल्ड र अगष्ट २६ मा कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ । पानागोडा मैदानमा हुने ५० ओभरको खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेदेखि सुरु हुनेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागि हुन पाउनेछ ।

एसिया कप छनोट …. पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।