Cricket Himalaya
Cricket News From Top of The World

नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गर्दै

भाद्र ४, क्रिकेट हिमालय

एसिया कप छनोट खेल खेल्नु अघी अभ्यास खेल खेल्न आज नेपाली क्रिकेट टोली श्रीलंका जादैछ । टोली आज दिउँसो १ बजे (नेपाली समयानुसार) त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल देखि मालिन्दो एअरलाईन्स देखि श्रीलंका जानेछ । श्रीलंकामा टोलीले स्थानिय क्लबसँग ३ अभ्यास खेल खेलेर अगस्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ । हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप भने उतैबाट अगष्ट २८ मा मलेसियामा टिमसँग भेट हुनेछन् ।

श्रीलंकामा नेपालको ति ३ अभ्यास खेल तालिका :-

अगष्ट २२ – नेपाल भर्सेज आर्मी क्रिकेट टिम (पानगोडा मैदान)
अगष्ट २४ – नेपाल भर्सेज ब्लुमफिल्ड (ब्लुमफिल्ड मैदान)
अगष्ट २६ – नेपाल भर्सेज कोल्ट (कोल्ट मैदान)

एसिया कप छनोटमा नेपालको खेल तालिका :-

अगस्ट २९ – नेपाल भर्सेज ओमान (बायुमास ओभल मैदान)
अगस्ट ३० – नेपाल भर्सेज युएई (किनरारा ओभल मैदान)
सेप्टेम्बर १ – नेपाल भर्सेज मलेसिया (बायुमास ओभल मैदान)
सेप्टेम्बर २ – नेपाल भर्सेज सिंगापुर (युकेएम ओभल मैदान)
सेप्टेम्बर ४ – नेपाल भर्सेज हंगकंग (युकेएम ओभल मैदान)
सेप्टेम्बर ६ – फाईनल (किनरारा ओभल मैदान)

एसिया कप छनोट …. पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।