Cricket Himalaya
Cricket News From Top of The World

भाद्र २० बाट कैलाली जिल्ला यु१६ स्कुल क्रिकेट लिग !

भाद्र १, क्रिकेट हिमालय

कैलाली जिल्ला क्रिकेट एकेडेमीले यही भाद्र २० देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा “कैलाली जिल्ला यु-१६ स्कुल क्रिकेट लिग” गर्ने भएको छ ।

प्रतियोगिता ३०/३० ओभरको हुनेछ भने टिम दर्ता सुल्क रु ६ हजार राखिएको छ । इछ्युक स्कुलहरुले भाद्र १३ भित्र टिम दर्ता गरिसक्नुपर्नेछ । कलरफुल ड्रेसमा खेलिने उक्त प्रतियोगिताको टाइसिट भाद्र १५ गते कैलाली जिल्ला क्रिकेट एकेडेमीको प्रशिक्षण स्थलमा सार्नजनिक गरिनेछ ।

प्रतियोगिताको बिजेताले नगद रु ३० हजार, दोश्रो हुनेले रु १५ हजारका साथै मेडल, ट्रफी र सर्टिफिकेट प्राप्त गर्नेछन भने म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उदयमान खेलाडीले आकर्षक ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन ।