Cricket Himalaya
Cricket News From Top of The World

वसन्त रेग्मी र सरद भेषावकर ‘नेपाल बङ्गलादेश बैंक’ को ब्रान्ड एम्बेस्डर !

भाद्र ३, क्रिकेट हिमालय

नेपाल बङ्गलादेश बैंकले राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडिहरु वसन्त रेग्मि र सरद भेषावकरलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

नेपाल बङ्गलादेश बैंकको केन्द्रिय शाखा रहेको कमलादी स्थित कर्पोरेट हलमा आयोजित एक कार्यक्रम बिच बैंकले सिनियर क्रिकेटर द्वयलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको थियो ।

नेपाल बङ्गलादेश बैंक सँग राष्ट्रिय खेलाडिहरुलाई आवद्ध गराउने प्रयास घरेलु टि-२० लिग “एभरेस्ट प्रिमियर लिग” ले गरेको उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।

बैंकले आफ्नो सोसल कार्पोरेट रेस्पोन्सिबिलिटी अन्तर्गत रहेर स्पोर्ट्समा बिशेषगरी लोकप्रिय खेल क्रिकेटलाई प्रोमोट गर्न र बैंकलाई प्रबद्धन गर्न ब्रान्ड एम्बेस्डर बनाईएको जनाएको छ ।