Cricket Himalaya
Cricket News From Top of The World

राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल सिटिजन्स् बैंकको ब्रान्ड एम्बेस्डर !

भाद्र १, क्रिकेट हिमालय

सिटिजन्स् बैंकले राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सिटिजन्स् बैंकको कर्पोरेट अफिस काठमाडौमा आज सम्पन्न एक कार्यक्रम बिच स्टाइलिश ब्याट्सम्यान एवम लामो समय देखि राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेस्डर बनाएको हो ।

सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी अन्तर्गत बैंकले स्पोर्ट्स खासगरी क्रिकेटलाई प्रोमोट गर्न उपकप्तानलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ ।