Cricket Himalaya
Cricket News From Top of The World

पारस खड्का एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको सद्भावना दुतका रुपमा नियुक्त

श्रावण ३०, क्रिकेट हिमालय

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिससँग सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्कालाई नियुक्त गरेको छ । हिजो राजधानीको अन्नपूर्ण होटलमा फ्यान मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै खड्कालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । पारसले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको कार्यक्रममा बताएका छन् । कप्तान खड्काले समर्थकसँगको अन्तरक्रियामा संघको नेतृत्वमा जाने आफ्नो चाहना रहेको र त्यो नेपाली क्रिकेटको आवश्यकता पनि भएको बताए । ‘क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ । तर त्यसका लागि चुनावी प्रकृयाका विभिन्न चरण पार गर्नुपर्छ,’ लामो समयदेखि क्रिकेट टोलीको कप्तानी गरिरहेका खड्काले थपे, ‘यो मेरो चाहना पनि हो र नेपाली क्रिकेटको आवश्यकता पनि हो।’