Cricket Himalaya
Cricket News From Top of The World

जग्गाधनीलाई जग्गा नै दिने निर्णयले मुलपानी क्रिकेट मैदानको विवाद सुल्झियो

५२ आना जग्गाको सट्टा जग्गा नै दिने निर्णय मन्त्रिपरिषद्ले गरेपछि मुलपानीको तल्लो क्रिकेट मैदानको मुआब्जा विवाद सुल्झिएको छ । मन्त्रिपरिषद्को बैठकले जग्गा धनीलाई मुलपानी क्रिकेट मैदानको परिसरमै जग्गा दिने निर्णय गरेको हो । लामो समयदेखि मुआब्जा विवादका कारण समाधान नहुँदा निर्माण कार्य रोकिएको थियो । बैठकको निर्णयसँगै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानले अब गति लिने भएको छ । कती गती लिने हो हेर्न भने बाँकी नै छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशवकुमार बिष्टका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार मन्त्रिपरिषद्को बैठकले जग्गाको सट्टा जग्गा नै दिने निर्णय भएको बताए । उनले मैदान परिसरमै रहेको जग्गा जग्गाधनीलाई दिने निर्णय भएको बताए । यसअघि जग्गाको विवाद समाधान गर्नका लागि सरकारले तोकिएको मुल्यमा जग्गाधनीले छाड्न मानेका थिएनन् । जग्गाधनीले जग्गा सट्टापट्टाको अडान राखेपछि मैदान निर्माण कार्य रोकिएको थियो ।