Cricket Himalaya
Cricket News From Top of The World

एकदिवसीय वरीयतामा ३ नेपाली क्रिकेटर

श्रावण २८, क्रिकेट हिमालय

आइसिसीले सोमबार सार्वजनिक गरेको एकदिवसीय वरीयतामा ३ नेपाली क्रिकेटर परेका छन् । नयाँ वरीयताअनुसार ब्याटिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामी परेका छन् भने बलिङ तिर सन्दिप छन । युवा लेगस्पिनर सन्दिप लामिछाने बलिङ वरीयतामा सन्दीप २१७ औँ स्थानमा छन् । सोमपाल कामी ब्याटिङ वरीयतामा २२९ औँ स्थानमा छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमै पहिलो अर्धशतक बनाएका ज्ञानेन्द्र २३६ औँ स्थानमा छन् । नेदरल्यान्डविरुद्धको डेब्यु खेलमा सोमपालले ३४ रन खर्चेर ३ विकेट लिएका थिए । नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा सोमपालले नेपाललाई एकदिवसीय खेलमा पहिलो जित दिलाउने क्रममा ६२ रन बनाएका थिए । उनले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । उपकप्तान ज्ञानेन्द्रले नेदरल्यान्डविरुद्धको डेब्यु एकदिवसीय खेलमा ५१ रनको अर्धशतकीय इनिङ खेलका थिए । दोस्रो खेलमा उनले १३ रन बनाए । ज्ञानेन्द्र एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले नेदरल्यान्डविरुद्धका दुई खेलमा ६२ रन बनाएका थिए । सन्दिपले नेदरल्यान्डविरुद्धको दुई एकदिवसीयमा ४ विकेट लिएका थिए । उनले पहिलो खेलमा ४२ रन खर्चेर १ विकेट तथा दोस्रो खेलमा ३ विकेट लिएका थिए ।

यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए । पारस ९०औं स्थान, शरद ९८औँ स्थानमा, वसन्त ७१औँ स्थानमा तथा सोमपाल ९२औँ स्थानमा परेका थिए ।