Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश न ४ सरकारको पुर्ण समर्थनमा हुँदै गरेको पिपिएलको तयारीमा तिब्रता !

श्रावण २८, क्रिकेट हिमालय

क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा यहि कार्तिक ९ गते बाट पोखराको पोखरा रंगशालामा सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) को मैदान निर्माण एवम अन्य पुर्बाधारको तयारी तीब्र रुपमा बढदै छ । ६ वटा ‘फ्रेन्चाइज बेस’ टिम रहने पिपिएलमा पोखरा क्रिकेट रंगशालामा ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरिने छ । प्रत्येक फ्रेन्चाइज टिमले दुइ जना स्थानिय खेलाडीलाई अनिवार्य टिममा समावेश गर्ने छन भने अधिकतम दुइजना विदेशी खेलाडी राख्न पाउने छन साथमा प्रत्येक टिमले अण्डर सिक्सटिन टिम समेत तयार गर्नु पर्ने छ । पोखरा प्रिमियर लिग तयारीका लागि अहिले मैदानको सुधार र पिच निर्माणको कार्यलाई तिव्रता दिइएको र पिच भारतिय क्युरेटरको अनुगमनमा निर्माण भइरहेको छ । आयोजक क्विन्स इभेन्ट द्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथी रहेकी सामाजिक बिकास मन्त्री नरदेबी पुनले पिपिएल ले समग्र प्रदेशको प्रयटकिय सम्भावनालाई अझ बढी प्रस्फुटन गर्न पिपिएल ले योगदान दिनेछ भन्नेमा बिश्वस्त रहेको जनाएकी छन ।

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, कप्तान पारस खडका, उप कप्तान ज्ञानेन्द्र मल्ल, क्विन्स इभेन्टका प्रबन्ध निर्देसक छुम्बी लामा सम्मिलित एक टिमले यस अघि पोखरा रंगशालामा निर्माण हुँदै गरेको पुर्बाधार अवलोकन गरेका थिए । निर्माण कार्य तीब्र रुपमा अघि बढेको जनाईएको छ ।

प्रदेश न ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ – नेपालको राष्ट्रिय टिमलाई ओडिआई स्टाटस प्राप्त गरेकोमा बधाइ दिन चाहन्छु, पिपिएलको आयोजनाले समग्र प्रदेशको बिकासमा उल्लेख्य योगदान पुग्नेछ, पिपिएल लाई प्रदेश सरकारको पुर्ण सहयोग साथ सुझाव रहनेछ ।

प्रमुख अतिथी सामाजिक बिकास मन्त्रि नरदेबी पुन – यस क्षेत्रको क्रिकेट बिकासमा पिपिएलको आयोजना महत्वपूर्ण रहने छ ।

पिपिएल प्रबन्ध निर्देसक छुम्बी लामा – पोखरालाई क्रिकेटको न्युट्रल भेन्यूको रुपमा बिकास गर्न सके खेल पर्यटन मार्फत नेपालले ठूलो लाभ लिन सक्ने, हाम्रो प्रयास यहाँको प्रचुर सम्भावनालाई उजागर गर्नु नै हो ।

राष्ट्रिय टिमका टिम कप्तान पारस खडका – जसरी ५ वर्षमा नै नेपाललाई एक दिवशिय मान्यता दिलाउन सफल भयौं त्यसरी नै आगामी दश वर्षमा नेपालललाई टेष्ट क्रिकेट मान्यता पाउने गरि पिपिएलले थप उर्जा थप्ने विश्वास छ ।

गण्डकी प्रदेश सांसद एवम नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष दिपक कोइराला – प्रदेश सरकार प्रदेशलाई स्पोर्ट्स हब बनाउने तयारी गरिरहेकै अवस्थामा यसमा नयाँ तरङ र उत्साह थप्न पिपिएलले सहयोग पुग्ने एवम खेलकुदले आर्थिक समृद्धी संगै आउने रुपान्तरणले समाज, राष्ट्र र जनजिवनमा समेत राम्रो प्रभाव पार्छ ।

नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटा – १० वर्षमा नेपाललाई टेष्ट मान्यता राष्ट्रको मान्यता दिने बताईए पनि सो अनुसार पूर्वाधार बिकास हुन नसकेको बताए । उनले घरेलु क्रिकेटलाई माथी उठाउन पिपिएलले ठूलो सहयोग पुग्ने बताए ।