Cricket Himalaya
Cricket News From Top of The World

गण्डकी प्रदेशबाट क्रिकेटर करन नगद १ लाख सहित सम्मानित

फोटो : पोखरा न्युज देखी ।

श्रावण २८, क्रिकेट हिमालय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार पोखरामा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेटर करन केसीलाई १ लाख नगदसहित सम्मान गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले करिब ४ महिना अघि केसीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी केसीलाई प्रदेश सरकारका तर्फबाट एक लाख प्रदान गर्ने घोषणा गरेका थिए । बाग्लुङ जिल्लामा जन्मिएका केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको मुख्यमन्त्री गुरुङले बताए । ‘करणले खेलका माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेल्नुभयो,’ केसीको प्रशंसा गर्दै गुरुङले भने, ‘हामीले उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको नाम उच्च राख्न पुर्‍याएको योगदान सम्झँदै सम्मान गरेका हौँ ।’ नामिबियामा भएको खेलमा नेपाललाई जिताउन महत्वपुर्ण भूमिका खेल्ने केसीलाई पोखरा क्षेत्रका विभिन्न खेल संघहरुका पदाधिकारीहरुले समेत सम्मान गरेका हुन। उक्त जितसंगै नेपालले एक दिवसिय मान्यता प्राप्त गरेको थियो ।