Cricket Himalaya
Cricket News From Top of The World

आइ सि सि द्वारा निर्मित मनिटरिङ टिमको पहिलो बैठक हुदै !

श्रावण २८, क्रिकेट हिमालय

नेपाली क्रिकेटको सस्पेन्सन फुकाउने बाँकी प्रक्रियाको लागि आईसीसी द्वारा निर्मित मनिटरिङ टिमको पहिलो मिटिङ आज काठमान्डौमा बस्ने भएको छ । प्रसासनिक र आर्थिक अनिमियतताको कारण देखाउदै आईसीसी ले नेपाली क्रिकेटलाई सस्पेन्सनमा राखेको छ । यद्धपी उक्त सस्पेन्सन फुकाउने प्रक्रियाको लागि यस अघि नै एडभाइजरी बोर्ड मार्फत नेपाल क्रिकेट संघको बिधान तयार पारीएको थियो, उक्त बिधानलाई पहिलो पटक केही परिमार्जित गर्दै र दोश्रो पटक हुबहु नेपाल क्रिकेट संघको साधारणसभाले पारित गरेपछी आईसीसी ले बाँकी प्रक्रिया पूरा गर्नको लागि ५ सदस्यीय मनिटरिङ टिम निर्माण गरेको थियो । लामो समय लगाएर तयार गरिएको मनिटरिङ टिममा नेपाल क्रिकेट संघबाट रइस थापा, राखेप बाट पुर्ब कप्तान एल बि छेत्री र आईसीसी का तीन पदाधिकारी रहेका छन । आईसीसीका प्रतिनिधि सहितको ५ सदस्यिय मनिटरिङ टिमको पहिलो बैठक आज काठमान्डौमा बस्दैछ । नेपाल क्रिकेट संघले गराएको जिल्ला क्रिकेट संघको निर्वाचनको भेरीफाई गर्दै प्रक्रियागत त्रुटि भएका जिल्लामा पुन निर्वाचन गरिने वा सम्पुर्णमा भन्ने छलफल र बाँकी प्रक्रिया के हुने भन्ने निर्णय यो बैठकले गर्ने अनुमान गरिएको छ ।