Cricket Himalaya
Cricket News From Top of The World

कार्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि मैदान मर्मत तीव्र, मैदान अन्तर्राष्ट्रिय स्तरको बन्ने [फोटोफिचर]

श्रावण २६, क्रिकेट हिमालय

टि-२० फर्म्याटमा क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा लि को आयोजनामा कार्तिक ९-२०, २०७५ मा फ्रेन्चाइज्ड बेस्ट “पोखरा प्रिमियर लिग (पिपिएल)” क्रिकेट प्रतियोगिताका लागि ‍मैदान मर्मत कार्य तीव्र गतिमा भएको भईरहेको छ । प्रतियोगितामा ६ शहरका टिमबीच प्रतिस्पर्धा हुनेछ । खेलाडीको छनोट अक्सनमार्फत हुनेछ । विदेशी खेलाडी ल्याउने पिपिएलले जनाएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आफ्नै पहलमा काम अघि बढाइरहेको छ । मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि सुरुमा सम्माउने काम गरिएको छ । पिच निर्माणका लागि भारतका प्रदीपकुमार रावतसहित कृष्ण मगर, विष्णु मण्डल र मौसम मण्डल क्युरेटर रहेका छन् । मैदानमा ४ वटा पिच निमार्ण गरिनेछ । पिच निर्माणका लागि तनहुँबाट माटो ल्याइएको छ ।

विभिन्न चरणको निर्माणपछि प्रतियोगिता सुरु हुनुअघि अन्तर्राष्ट्रिय स्तरको पिच बनाउने लामाले बताए । यस्तै पिचमा स्पाइक जुत्ता लगाएर खेल्ने मिल्ने बनाउने पनि लामाको दाबी छ । स्पाइक लगाएर खेल्न मिल्ने खालको पिच काठमाडौं बाहिर पहिलो पटक बन्न लागेको हो । पिचसँगै मैदानको लेभलिङ गर्ने काम भइरहेको छ। सुरुमा डोजर ल्याएर मैदान सम्माइएको थियो। जसले गर्दा मैदानको चारतर्फ नै ३ मिटर बढेको छ । लेभलिङ सकिएपछि दुबो रोपेर मैदानलाई स्तरीय बनाइनेछ । अन्तर्राष्ट्रियस्तरको मैदान बनाउनका लागि पेभेलियन पनि बनाइने भएको छ । यस्तै स्कोर बोर्ड र साइड स्क्रिन पनि राखेर मैदानलाई आकर्षक बनाइने लामाले बताए । मैदान निर्माण अन्तिम चरणमा पुगेपछि ४ हजार बढी दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिनेछ ।

यो खबर हामीले नेपाल लाईभ देखी लिएका हौ ।