Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप छनोटका लागि ब्याटिङ भारतीय ब्याटिङ प्रशिक्षक आउँदै

श्रावण २३, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाई देसाई आउने भएका छन् । अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न उनलाई ल्याउन लागिएको हो । अगस्ट १५ सम्म उनी नेपाल आउनेछन । एसिया कप-२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । प्रतिस्पर्धामा नेपाल, युएई, हङकङ, मलेसिया, सिङ्गापुर र ओमान छन् । देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए । यसअघि पनि नेपाली टिमको ब्याटिङ प्रशिक्षणका लागि भारतबाट नै प्रशिक्षक बोलाइने गरिएको थियो । यसअघि भारतीय प्रशिक्षकहरु मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले नेपाली टिमलाई ब्याटिङ सिकाईसकेका छन् । नेदरल्याण्ड्समा ऐतिहासिक एकदिवसीय सिरिज खेलेर फर्केको नेपाली टोलीले केही दिनमै एसिया कप छनोटका लागि तयारी थाल्नेछन ।
देसाईले दिएको ब्याटिङ टिप्स भिडियो :