Cricket Himalaya
Cricket News From Top of The World

आइसिसी टी–२० वरीयतामा नेपालका चार खेलाडी

श्रावण २३, क्रिकेट हिमालय

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका चार खेलाडी शीर्ष सयभित्र पर्न सफल भएका छन् । सार्वजनिक नयाँ वरीयतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष सयभित्र पर्न सफल भए ।

पारस ९० तथा शरद ९८ औँ स्थानमा
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ टी–२० वरीयताको ९० औँ स्थानमा रहन सफल भए । कप्तान खड्का २ सय ६५ अंकसहित ९० औँ स्थानमा आफूलाई राख्न सफल भएका हुन् । त्यस्तै, राष्ट्रिय टिमका अर्का ब्याट्सम्यान शरद भेषवाकर ९८ औँ स्थानमा रहे । उनी २ सय ३८ अंकसहित ९८औँ स्थानमा रहन सफल भए ।

बलरमा सोमपाल र वसन्त
त्यस्तै, टी–२० वरीयताको बलरतर्फ सोमपाल कामी र वसन्त रेग्मी आफूलाई शीर्ष सयमा पार्न सफल भए । टी–२० बलरको वरीयतामा ३ सय ९७ अंकसहित वसन्त ७१ औँ तथा ३ सय ३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा छन् । नेपालका स्टार बलर सन्दीप लामिछाने भने वरीयताको शीर्ष सयमा अटाउन असफल भए ।