Cricket Himalaya
Cricket News From Top of The World

नेपाली टिम ऐतिहासिक क्रिकेट खेलेर भोलि स्वदेश फर्किदै

श्रावण २०, क्रिकेट हिमालय

नेपाली क्रिकेट टोलीले युरोप भ्रमण सकाएर भोलि (सोमबार) स्वदेश फर्किने भएको छ । युरोपमा रहदा नेपाली क्रिकेट टोलीले ४ अभ्यास खेल, त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र नेदरल्यान्ड्ससँग ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेर नेपाली समयअनुसार बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेदरल्यान्ड्सबाट नेपाली क्रिकेट टिम आज इंग्ल्यान्ड प्रस्थान गर्नेछ । इंग्ल्यान्ड हुँदै स्वदेश फर्किन लागेको हो । नेपाली टिमले नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको रोमान्चक जित निकालेको थियो । नेपाली क्रिकेट टिममा रहेका युवा बलर सन्दीप लामिछाने भने उतैबाट वेष्ट इन्डिजमा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा खेल्न गइसकेका छन् । लर्ड्समा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा वर्षा बाधक भएपछी नेपाल र नेदरल्यान्ड्स संयुक्त रुपमा सिरिज जितेको थियो ।