Cricket Himalaya
Cricket News From Top of The World

झापा जिल्लास्तरिय गर्ल्स क्रिकेट लिग : अरुणोदय स्कुल बिजयी !

श्रावण १९, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडेमी द्वारा सन्चालित “झापा जिल्ला स्तरिय गर्ल्स स्कुल क्रिकेट लिग” अन्तर्गत आज सम्पन्न खेलमा बिजयी भयको भएको छ । अरुणोदय बोर्डिङ स्कुल र नर्थ प्वाइन्ट स्कुल बिचको खेलमा नर्थ प्वाइन्टले टस जितेर फर्स्ट ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ४९ रन बनाएको थियो । नर्थ प्वाइन्टका लागि निकिता कार्किले १२, समिक्षा तामाङले ९, सिका राइले ७ रन बनाएका थिए । अरुणोदयकि मनिसा निरौलाले २ विकेट लिएकी थिईन । मध्यम लक्ष पछ्यायको अरुणोदयले मात्र १ विकेट गुमाउदै ५१ रन बनाएपछी सहज ९ विकेटको जित हात पार्यो । अरुणोदयकी अनिता थपलिया १४, सपना राई १०, प्रज्ञा कटुवालले ४ रन बनाएका थिए । नर्थ प्वाइन्टकी सिका राइले १ विकेट लिएकी थिईन । अरुणोदयकि मनिसा निरौला वोमेन अफ द म्याच भएकी थिईन ।