Cricket Himalaya
Cricket News From Top of The World

एतिहासिक जित : नेदरल्याण्ड्स बिरुद्ध नेपाल १ रनले बिजयी !

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरे सँगै पहिलो एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड भ्रमणमा रहेको टिम नेपालले आज सिरिजको दोश्रो एवम अन्तिम खेल नेदरल्याण्ड्स बिरुद्ध १ रनले जित्दै एतिहासिक पहिलो ओडिआई जित दर्ता गरेको छ ।

हाइलाइटस

१. टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आज पहिलो एकदिवसीय बाट तिन परिवर्तन गर्दै ललित भन्डारी, सुबास खकुरेल र रोहित पौडेललाई एकदिवसीयमा डेब्यु गराएको थियो ।

२. सुबास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लको ओपनिङ जोडिले ७.२ ओभरमा २९ रन जोडेको थियो । उप कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २४ बलमा १३ रन बनाएर आउट ब्गएका थिए ।

३. अनिल साह मात्र ४ रन बनाउदै दोश्रो विकेटको रुपमा आउट भएका थिए भने सुबास खकुरेल ३३ बलमा १९ रन बनाउदै तेश्रो विकेटको रुपमा आउट भएका थिए ।

४. नेपालले ११.५ ओभरमा ३ विकेट गुमाउदै ५० रन पुरा गरेको थियो । दिपेन्द्र सिंह एरि र कप्तान पारस खडका बिचमा चौथो विकेटको लागी २५ रनको साझेदारी हुदा दिपेन्द्र १७ बलमा १९ रन बनाउदा रन आउट भएका थिए । पाचौ विकेटको रुपमा रोहित पौडेल ६ रन बनाएर आउट भएका थिए ।

५. पारस खडका र आरिफ सेखले छैठौ विकेटको लागी ४७ रनको साझेदारी गरे । कप्तान पारस खडकाले ६ चौका र २ छक्काको सहयोगमा ६९ बलमा ५१ रन बनाएर आउट भए ।

६ सातौ विकेटको रुपमा आरिफ सेख ४६ बलमा १६ रन बनाउदै आउट भए भने बसन्त रेग्मिले मात्र एक रन बनाए ।

७. सोमपाल कामीले ५ चौका र ३ छक्काको सहयोगमा ४६ बलमा आक्रमक ६१ रन बनाएका थिए ।

८. अन्त्यमा सन्दिप लामिछाने ८ रन बनाएर आउट भए । नेपालले ४८.५ ओभरमा अल आउट हुदै २१६ रन बनाएको थियो

९. मध्यम लक्ष्य पछ्याएको नेदरल्याण्ड्स डि जे टर ब्राकको ३९, बि एन कुपरको १६, डब्लु वारेसिको ७१, पि एम सिलरको २१, एस स्नेटरको १२ रनको सहयोगमा ४९.६ ओभरमा अल आउट हुँदै २१५ रन बनाएपछी १ रनको हार बेहर्यो ।

१०. नेपालको तर्फबाट सन्दिप लामिछाने ३, ललित सिंह भन्डारी २, सोमपाल कामि १, पारस खडका, वसन्त रेग्मी १ र दिपेन्द्र सिंह एरिले १ विकेट लिएका थिए ।

स्कोरकार्ड