Cricket Himalaya
Cricket News From Top of The World

पारस खडका र सोमपाल कामीको अर्धशतक सँगै नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य !

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरे सँगै पहिलो एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड भ्रमणमा रहेको टिम नेपालले आज सिरिजको दोश्रो एवम अन्तिम खेल नेदरल्याण्ड्स खेल्दै छ ।

टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आज पहिलो एकदिवसीय बाट तिन परिवर्तन गर्दै ललित भन्डारी, सुबास खकुरेल र रोहित पौडेललाई एकदिवसीयमा डेब्यु गराएको थियो । सुबास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लको ओपनिङ जोडिले ७.२ ओभरमा २९ रन जोडेको थियो । उप कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २४ बलमा १३ रन बनाएर आउट ब्गएका थिए । अनिल साह मात्र ४ रन बनाउदै दोश्रो विकेटको रुपमा आउट भएका थिए भने सुबास खकुरेल ३३ बलमा १९ रन बनाउदै तेश्रो विकेटको रुपमा आउट भएका थिए । नेपालले ११.५ ओभरमा ३ विकेट गुमाउदै ५० रन पुरा गरेको थियो । दिपेन्द्र सिंह एरि र कप्तान पारस खडका बिचमा चौथो विकेटको लागी २५ रनको साझेदारी हुदा दिपेन्द्र १७ बलमा १९ रन बनाउदा रन आउट भएका थिए । पाचौ विकेटको रुपमा रोहित पौडेल ६ रन बनाएर आउट भएका थिए । पारस खडका र आरिफ सेखले छैठौ विकेटको लागी ४७ रनको साझेदारी गरे । कप्तान पारस खडकाले ६ चौका र २ छक्काको सहयोगमा ६९ बलमा ५१ रन बनाएर आउट भए । सातौ विकेटको रुपमा आरिफ सेख ४६ बलमा १६ रन बनाउदै आउट भए भने बसन्त रेग्मिले मात्र एक रन बनाए । सोमपाल कामीले ५ चौका र ३ छक्काको सहयोगमा ४६ बलमा आक्रमक ६१ रन बनाएका थिए । अन्त्यमा सन्दिप लामिछाने ८ रन बनाएर आउट भए । नेपालले ४८.५ ओभरमा अल आउट हुदै २१६ रन बनाएको छ ।