Cricket Himalaya
Cricket News From Top of The World

सोमपालको पनि एकदिवसीयमा अर्धशतक

फोटो फाईल

श्रावण १८, क्रिकेट हिमालय

नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् । आठौं क्रममा ब्याटिङमा आएका उनले ३८ बलमा ४ चौका ३ छक्काको मद्धतमा ५१ रन बनाएका हुन् । सोमपाल कामी ६१ रन बनाई माइकल रिप्पोनको बलमा बोल्ड भएका हुन । एकदिवसीयमा अर्धशतक बनाउने सोमपाल तेस्रा नेपाली खेलाडी पनि हुन् । शुक्रबारकै खेलमा कप्तान पारस खड्काले अधशतक बनाएका थिए । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएपछि एक रन जोडेर आउट भएका थिए । यसअघि नेपालको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सविरुद्ध ज्ञानेन्द्र मल्लले पनि अर्धशतक बनाएका थिए ।