Cricket Himalaya
Cricket News From Top of The World

दोश्रो एकदिवसीय : कप्तान पारस खडकाको अर्धसतक, नेपालको १५० रन पुरा !

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरे सँगै पहिलो एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड भ्रमणमा रहेको टिम नेपालले आज सिरिजको दोश्रो एवम अन्तिम खेल नेदरल्यान्डसँग खेल्दै छ । टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आज पहिलो एकदिवसीय बाट तिन परिवर्तन गर्दै ललित भन्डारी, सुबास खकुरेल र रोहित पौडेललाइ एकदिवसीयमा डेब्यु गराएको थियो । सुबास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लको ओपनिङ जोडिले ७.२ ओभरमा २९ रन जोडेको थियो । उप कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २४ बलमा १३ रन बनायर आउट भएका थिए । अनिल साह मात्र ४ रन बनाउदै दोश्रो विकेटको रुपमा आउट भएका थिए भने सुबास खकुरेल ३३ बलमा १९ रन बनाउदै तेश्रो विकेटको रुपमा आउट भएका थिए । नेपालले ११.५ ओभरमा ३ विकेट गुमाउदै ५० रन पुरा गरेको थियो । दिपेन्द्र सिंह एरि र कप्तान पारस खडका बिचमा चौथो विकेटको लागी २५ रनको साझेदारी हुदा दिपेन्द्र १७ बलमा १९ रन बनाउदा रन आउट भएका थिए । पाचौ विकेटको रुपमा रोहित पौडेल ६ रन बनायर आउट भएका थिए । पारस खडका र दिपेन्द्र एरिले छैठौ विकेटको लागी ४७ रनको साझेदारी गरेका थिए । कप्तान पारस खडकाले ६ चौका र २ छक्काको सहयोगमा ६९ बलमा ५१ रन बनाएर आउट भएका थिए । आरिफ सेख १६ रन र सोमपाल कामी १२ रन बनाएर खेल्दैछन । नेपालले ३५.४ ओभरमा ६ विकेट गुमाउदै १५० रन पुरा गरेको छ ।