Cricket Himalaya
Cricket News From Top of The World

दोश्रो एकदिवसीय : नेपालको ५० रन पुरा, ३ विकेट पतन !

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरे सङै पहिलो एकदिवसीय सिरिज खेल्न नेदरल्यान्ड भ्रमणमा रहेको टिम नेपालले आज सिरिजको दोश्रो एवम अन्तिम खेल नेदरल्यान्डसङ खेल्दै छ !

टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको नेपालले आज पहिलो एकदिवसीय बाट तिन परिवर्तन गर्दै ललित भन्डारी, सुबास खकुरेल र रोहित पौडेललाइ एकदिवसीयमा डेब्यु गरायको थियो !

सुबास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लको ओपनिङ जोडिले ७.२ ओभरमा २९ रन जोडेको थियो ! उप कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २४ बलमा १३ रन बनायर आउट भयका थिय ! अनिल साह मात्र ४ रन बनाउदै दोश्रो विकेटको रुपमा आउट भयका थिय भने सुबास खकुरेल ३३ बलमा १९ रन बनाउदै तेश्रो विकेटको रुपमा आउट भयका थिय !

नेपालले ११.५ ओभरमा ३ विकेट गुमाउदै ५० रन पुरा गरेको छ ! दिपेन्द्र सिंह एरे ३ र कप्तान पारस खडका ६ रन बनायर खेल्दैछन !