Cricket Himalaya
Cricket News From Top of The World

नेदरल्याण्ड्ससँग आज नेपाल दोस्रो ओडिआई खेल्दै

श्रावण १८, क्रिकेट हिमालय

एकदिवसीय मान्यता पाएपछि शुक्रबार आज नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट दिउँसो नेपाली समयअनुसार २:४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभनस्थित भिआरए मैदानमा खेल्दैछ । पहिलो खेलमा हात पारेको खराब नतिजा बिर्सिएर नेपाल पहिलो जित हात पर्ने लक्ष्यमा छ । पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जितका लागि मैदानमा उत्रनेछ र सिरिज बराबरी गर्ने दाउमा छ । पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत हुनेछ । औंलाको इन्ज्युरीका कारण शरदले आजको खेल गुमाउनेछन् । पहिलो खेलमा बलिङमा राम्रो खेले पनि ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ । नेदरल्याण्डका कप्तानले पनि नेपाली टिम राम्रो भएपनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए । नेपालका लिग कप्तान पारस खड्काको प्रदर्शनमा भर परेकाले पनि नेपाली टिम हार्न पुगेको हो । भरपर्दा खेलाडी शरद भेषावकरको औंलामा चोट लागेपछि ब्याटिङ्मा क्रिजमा आउनकै लागि भए पनि मैदान प्रवेश गरेका थिए । आजको खेलमा बलर शक्ति गौचन पनि टिममा हुने छैनन । संभवत रोहितकुमार पौडेल र सुवास खकुरेल खेल्ने सम्भावना छ । पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै जित्नेपर्ने दबावमा नेपाल छ । पहिलो अन्तराष्टिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ ।

नेपाल टुर अफ नेदरल्याण्ड्स २०१८ : ऐतिहासिक एकदिवसीय श्रृखंला
नेपाल विरुद्ध नेदरल्याण्ड्स
मिति : २०१८ अगष्ट १ र ३ बुधवार र शुक्रवार
समय : नेपाली समयअनुसार दिउसो २:२४ बजे
स्थान : भिआरए ग्राउण्ड, आम्सटलभिन, नेदरल्याण्ड्स

नेपाली टोली :
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सोमपाल कामी, सुवास खकुरेल

नेदरल्याण्ड्स टोली :
पिटर सिलर (कप्तान), वेस्ले बारेसी, बेन कुपर, बास डे लिड, स्कट एडवार्डस, फ्रेड क्लासेन, स्टेफन माइवर्ग, म्याक्स ओ’डोवड, हिडे ओभरजिक, माइकल रिप्पोन, शेन स्नाटर, डानिएल टेर आराक, पउल भान मिकरेन