Cricket Himalaya
Cricket News From Top of The World

पहिलो एकदिवसीय खेलमा नेपाल नेदरल्यान्ड्स सँग ५५ रनले पराजित !

श्रावण १७, क्रिकेट हिमालय

एतिहासिक पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेपालल्याण्ड्सँग ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । दोश्रो ब्याटिङ गरेको नेपाल उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । अनिल व्यक्तिगत २१ रनमा आउट भए । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । अर्धसतक लगत्तै ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए । आरिफ शेख र छैटौं नम्बरमा आएका सोमपाल कामीले पनि रन हान्न सकेनन् । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो । दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत ३३ रनमा आउट भए । स्कोरकार्ड