Cricket Himalaya
Cricket News From Top of The World

नेपालले विकेट नगुमाउदै ५० रन पूरा गर्यो, उत्कृष्ट ओपनिङ साझेदारी !

श्रावण १६, क्रिकेट हिमालय

पहिलो एकदिवसीय खेल खेल्दै गरेको नेपालले नेदरल्यान्डले प्रस्तुत गरेको १९० रनको लक्ष पछ्याउने क्रममा बिना विकेटको छ्यतिमा ९.३ ओभरमा ५० रन पूरा गरेको छ । नेपालको लागि ओपनर ज्ञानेन्द्र मल्ल ३० र अनिल साह १९ नटआउट रहदै क्रमस खेलीरहेका छन । यसअघि टस जितेर फर्स्ट ब्याटिङ गरेको नेदरल्यान्डले ४७.४ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । नेदरल्यान्डको लागी एस जे मेबर्गले २९, बि एन कुपरले २०, डब्लु वारेसीले १२, डे लिडेले ३०, एम रिप्पोनले ५१ रन बनाएका थिए । नेपालको लागि कप्तान पारस खडकाले एतिहासिक पहिलो एकदिवसीय खेलमा नै ४ विकेट लिन सफल भएका छन । कप्तान पारस खडकाले १० ओभर बलिङ गर्दै २६ रन दियेर ४ विकेट लिएका हुन । अन्य नेपाली बलरहरुमा सोमपाल कामिले ३, सन्दिप लामिछाने, करण केसि र बसन्त रेग्मिले समान १/१ विकेट लिएका छन ।