Cricket Himalaya
Cricket News From Top of The World

नेपालको पहिलो एकदिवसीय खेलमा कप्तान पारस खडकाले लिए ४ विकेट !

श्रावण १६, क्रिकेट हिमालय

एकदिवसीय मान्यता प्राप्त गरेपछिको पहिलो एकदिवसीय सिरिज अन्तर्गत आज टिम नेपालले नेदरल्यान्डको एम्स्टेल्भिनमा नेदरल्यान्ड सँग एतिहासिक पहिलो एकदिवसीय खेल खेल्दैछ । टस जितेर फर्स्ट ब्याटिङ गरेको नेदरल्यान्डले ४४.४ ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको छ । नेदरल्यान्डको लागी एस जे मेबर्गले २९, बि एन कुपरले २०, डब्लु वारेसीले १२, डे लिडेले ३०, एम रिप्पोनले ५१ रन बनाएका छन । नेपालको लागी कप्तान पारस खडकाले एतिहासिक पहिलो एकदिवसीय खेलमा नै ४ विकेट लिन सफल भएका छन । कप्तान पारस खडकाले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिएका हुन । अन्य नेपाली बलरहरुमा सोमपाल कामिले २, सन्दिप लामिछाने र बसन्त रेग्मिले समान १/१ विकेट लिएका छन ।