Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेज नेदरल्यान्ड्स लाईभ

श्रावण १६, क्रिकेट हिमालय

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो ओडीआई मा नेपाल ले टस हारेर बलिङ गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट दिउँसो नेपाली समयअनुसार २:४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभनस्थित भिआरए मैदानमा खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ५० ओभरको खेल ५ पटक भएको छ जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । नेदरल्याण्ड्सले कूल ४ पटक ५० ओभरको वर्ल्डकप खेलिसकेको छ । पहिलोपटक ओडिआई स्ट्याटस पाएको नेपाललले सन् २०१४ मा पहिलो पटक टी-२० वर्ल्डकप खेलेको थियो । नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो ।

लाईभ :