Cricket Himalaya
Cricket News From Top of The World

नेपाल भर्सेज नेदरल्याण्ड्सको एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने

श्रावण १५, क्रिकेट हिमालय

नेपाल भर्सेज नेदरल्याण्ड्सको वान डे इन्टरनेसनल (ओडिआई) क्रिकेट खेल कान्तिपुर टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाल र नेदरल्यान्ड्सबीच हुने खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने ट्वीटरमार्फत जानकारी दिएका छन् ।


यसअघि नै लाइभब्रोडकास्ट डट एनबाट लाइभ स्ट्रिमिङ गर्ने क्रिकेट नेदरल्याण्ड्सले ट्वीट गर्दै जनाएको थियो ।


नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो । नेदरल्यान्डसले भने डब्लुसिएल च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो । नेपालले एकदिवसीय बुधबार एकदिवसीय खेलमा डेब्यू गर्दैछ । नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो । दुवै खेलमा नेदरल्यान्ड्सको आम्टर्डमस्थित भिआरए मैदानमा हुनेछ । त्यसका लागि नेपाली टिम नेदरल्यान्ड्स पुगिसकेको छ । इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा नेपाल, नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेलेर नेपाली टिम नेदरल्यान्ड्स पुगेको हो ।