Cricket Himalaya
Cricket News From Top of The World

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको संयुक्त विजेता नेपाल र नेदरल्यान्ड्स [म्याच हाईलाईट सहित]

श्रावण १४, क्रिकेट हिमालय

क्रिकेटको मक्का भनेर चिनिने ईङल्यान्ड स्थित लर्डसमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र एमसीसी क्लब बिचको त्रिकोणात्मक टि-२० सिरिज को संयुक्त रुपमा नेपाल र नेदरल्यान्ड्स बिजेता भएका छ्न । सिरिज को अन्तिम खेल पानीले प्रभावित हुँदा सिरिज को बिजेता संयुक्त रुपमा घोषणा गरिएको हो । एमसीसी विरुद्ध जित निकालेको थियो ।

एमसीसी लाई नेदरल्यान्ड्स ले १० रनले र नेपालले ९ विकेटले पराजित गरेको थियो । दुबै खेल बर्षाले प्रभावित खेल ६ ओभरमा घटाएर खेलाईएको थियो । सिरिज को अन्तिम खेल मा टस हारेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले १७४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६.४ ओभरमा पानी पर्न शुरु गरेपछि रोकिएको खेल पछि हुन सकेन र खेल रद्द हुन पुगेको थियो । नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका करन केसि, सोमपाल कामी र बसन्त रेग्मी ले १/१ विकेट लिएका थिए । [स्कोरकार्ड]

नेपालको नेदरल्याण्डसँगको म्याच हाईलाईट: