Cricket Himalaya
Cricket News From Top of The World

एमसीसी बिरुद्ध नेपाल ९ विकेटले बिजयी [म्याच हाईलाईट सहित] !

श्रावण १३, क्रिकेट हिमालय

लर्ड्समा जारी ट्राइ सिरिज अन्तर्गत नेपाल र एमसीसीको खेलमा नेपाल ९ विकेटले बिजयी भएको छ । फर्स्ट ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउदै ४० रन बनाएको थियो । एमसीसीको लागि महेला जयवर्धनेले १६ बलमा २४ रन बनाएका छन भने अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकको स्कोर गर्न सकेनन । नेपालका सोमपाल कामिले २ ओभरमा ८ रन दिदै २ विकेट लिएका छन भने शक्ति गौचनको नाममा १ विकेट रहेको थियो । लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको नेपालले सुबाश खकुरेलको १६* रन, ज्ञानेन्द्र मल्लको १२* रन, अनिल साहको ९ रनको सहयोगमा ४.४ ओभरमा १ विकेट गुमाउदै ४१ रन बनाएपछी ९ विकेटले बिजयी रह्यो । [स्कोरकार्ड]

नेपालको मेरिलेबोन क्रिकेट क्लब [एमसीसी] सँगको म्याच हाईलाईट: