Cricket Himalaya
Cricket News From Top of The World

टी-२० ट्राई सिरिजमा नेपालको पहिलो प्रतिद्वन्दी घरेलु टोली एमसीसी

श्रावण १३, क्रिकेट हिमालय

युरोप टुरमा चार अभ्यास खेलिसकेको नेपालले आज आइतवार (जुलाई २९) मा टी-२० ट्राई सिरिज क्रिकेट खेल्दैछ । नेपालले क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा दोस्रो पटक खेल्ने लागेको हो । नेपालले आज आफ्नो पहिलो प्रतिद्वन्दी घरेलु टोली मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली समय अनुसार बेलुकी करिब ६ बजे खेल्दैछ । टी-२० ट्राई सिरिज एकै दिन हुने भएपछि प्रत्येक टोलीले एक दिनमा दुई वटा खेल खेल्नुपर्नेछ । तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ र यो खेलले टी-२० मान्यता पाउनेछ । श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेको कप्तानीमा खेल्ने एमसीसी सँग को खेल भने टी-२० मान्यताको हुने छैन तर त्यसमा टेष्ट, ओडिआई र टी-२० आई खेलिसकेका खेलाडी हरु छन । शनिवार सार्वजनिक भएको एमसीसीको १२ सदस्यीय टोलीमा टेष्ट खेलेकै ४ जना खेलाडी छन् ।

लाईभ बल बाई बल कमेट्री रेडियोमा

तीन टोलीको खेलाडीहरु :

MCC: Mahela Jayawardene ©, Kashif Ali, Dylan Budge, Varun Chopra, Matt Coles, Dan Douthwaite, Alasdair Evans, James Foster (w/k), Peter (PJ) Moor (w/k, Tom Smith, Jonathan Trott, Mark Watt

Nepal: Paras Khadka (c), Dipendra Singh Airee, Lalit Bhandari, Shakti Gauchan, Karan KC, Sompal Kami, Subash Khakurel (w/k), Sandeep Lamichhane, Gyanendra Malla, Rohit Paudel, Lalit Rajbanshi, Basant Regmi, Anil Sah, Aarif Sheikh, Sharad Vesawkar

Netherlands: Pieter Seelaar (c), Wesley Barresi, Scott Edwards, Clayton Floyd, Frederick Klaassen, Bas De Leede, Paul van Meekeren, Max O’Dowd, Hidde Overdijk, Michael Rippon, Shane Snater, Tonny Staa, Ryan ten Doeschate, Tobias Visee