Cricket Himalaya
Cricket News From Top of The World

यु-१८ झापा जिल्ला स्तरिय नगरपालिका स्कुल क्रिकेट लिग पहिलो दिन : मेची नगरपालिका बिजयी !

श्रावण १२, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडेमी द्वारा आयोजित “यु-१८ झापा जिल्ला स्तरिय नगरपालिका स्कुल क्रिकेट लिग” अन्तर्गत आज सम्पन्न पहिलो दिनको खेलमा मेची नगरपालिका ४४ रनले भद्रपुर नगरपालिका बिरुद्ध बिजयी भएको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको मेची नगरपालिका जयदेब राजबन्शिको ६४ रन, अभिशेक श्रेष्ठको १० रन, रोहिन राइको ७ रनको सहयोगमा निर्धारित २० ओभरमा ११७ रन बनाएको थियो । भद्रपुरका बिपिन महताले ३ विकेट, प्रेम बिस्ट र्निसान मगरले समान २/२ विकेट लिएको थिए । मध्यम लक्ष पछ्यायको भद्रपुर नगरपालिका मात्र ७३ रनमा समेटिएपछी ठुलो पराजय बेहर्यो । भद्रपुरका लागी प्रेम बिस्टले १८ रन, सेनल लिम्बुले ६ रन, कुसल पौडेलले ५ रन बनाएका थिए । मेची नगरपालिकाका अर्जुन भुजेलले ४ विकेट, आसिक मगरले २ र जयदेब राजबन्शिले १ विकेट लिएका थिए । मेची नगरपालिकाका जयदेब राजबन्शी म्यान अफ द म्याच भएका थिए ।