Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक

श्रावण ११, क्रिकेट हिमालय

एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार आगामी अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता मलेसियामा हुँदै छ । उक्त प्रतियोगिताको खेल तालिका एसीसी ले सार्वजनिक गरेको छ । खेल हरु मलेसियाको किनरा ओभल, बायुमास ओभल र युकेएम ओभल मा हुनेछन । तालिका अनुसार खेल मलेसिया को १० बजे बिहान देखी सुरु हुनेछ । ३ दिन रेस्ट रहेको खेलमा फाईनल खेल ६ सेप्टेम्बर मा हुनेछ । एसिया कप-२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । प्रतिस्पर्धामा नेपाल, युएई, हङकङ, मलेसिया, सिङ्गापुर र ओमान छन् । राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ । एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूहमा चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । आइसीसीले एसिया कप २०१८ को खेल तालिका सेप्टेम्वर १५ देखि २८ सम्म सन्चालन हुने गरी मंगलबार सार्वजनिक गरेको थियो । युएईको दुबई र अबुधावीमा हुने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन ।

खेल तालिका :